Logo

माेटरसाइकल दुर्घटना हुँदा इनरुवाका एककाे मृत्यु, अर्का गम्भीर घाइते

                     
Logo 2020-09-22 05:09     Hamro Biratnagar

13

सुनसरीकाे इनरुवामा मंगलबार दिउँसो २ बजे मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ भने अर्का घाइते भएका छन्।

इनरुवा नगरपालिका-८ बस्ने ४० वर्षीय सम्पतलाल उरावको मृत्यु भएको हो।

इनरूवाकै राजमार्गमा को ४ प २६९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उराव गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका उनको उपचार गराउन लैजाँदै गर्दा सवा दुई बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?