Logo

लाइसेन्स वा ब्लुबुकका कागजात हराएमा अनलाइन सिफारिस पाइने

                     
Logo 2020-09-22 12:09     Hamro Biratnagar

13

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हिजो सोमबारदेखि सवारीका कागजात हराएको सिफारिसका लागि अनलाइन प्रविघि अपनाएको छ ।

यसबाट सहज रुपमा घरबाटै आवेदन दिई सिफारिस लिन सकिने बताउँदै महाशाखाले सेवा लिने सेवाग्राही र सेवा प्रदायक ट्राफिक प्रहरी दुवैको समय बचत हुने विश्वास व्यक्त गरेको छ ।

कागजपत्र हराएको भन्दै दैनिक दुई सयको संख्यामा कार्यालयमा पुग्ने सेवाग्राहीलाई सहयोग पुर्याउने उद्देश्यले महाशाखाले सेवा प्रारम्भ गरेको हो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?