Logo

इटहरी उपमहानगरपालिकाले डिजिटल प्रविधिबाट घटना दर्ता गर्ने

                     
Logo 2020-09-21 06:09     Hamro Biratnagar

13

विराटनगर, असोज ५

सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय र सबै वडाहरुका दर्ता किताबलाई डिजिटल बनाउने प्रक्रिया सुरु गरिएको छ । २०३५ सालदेखिका सबै दर्ता किताबहरुलाई डिजिटल वनाउन ७२ हजार डाटा संकलन गरिएको छ ।

सामाजिक सुरक्षा,ब्यक्तिगत घटना दर्ता लगायतलाई डिजिटल बनाउन इटहरीका सवै वडाहरुमा दर्ता शिविर चलाइने भएको छ।

तीन चरणमा कर्मचारी अभिमुखिकरण सम्पन्न गरिने लक्ष्यसहित सुरु भएको पहिलो चरणको अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै मेयर द्धारिकलाल चौधरीले आगामी चार वर्षभित्रा देशभरका सवै स्थानीय निकायलार्ई डिजिटल सिस्टममा लैजाने सरकारको तयारी अनुरुप इटहरीमा कर्मचारीको शीप र क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण आयोजना गरिएको बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?