Logo

गौतमको राष्ट्रिय सभा सदस्य नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्चमा निवेदन

                     
Logo 2020-09-21 03:09     Hamro Biratnagar

13

सर्वाेच्च अदालत । फाइल फाेटाे

नेकपाका नेता तथा नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।

अाइतबार त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै बदरको मागसहित निवेदन पेस गरे पनि दर्ता भने भइसकेको छैन।

प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतम केही दिनअघि मात्रै मन्त्री परिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्यमा नियुक्त भएका थिए ।

गौतमको नियुक्ति सम्बन्धि मन्त्री परिषदको सिफारिस असंवैधानिक भएको भन्दै त्रिपाठीले पेस गरेको निवेदनमा तत्काल राष्ट्रियसभा सदस्यका रूपमा गौतमलाई काम नगर्न, नगराउन अन्तरिम आदेश माग गरिएको छ भने कस्ता व्यक्तिलाई राष्ट्रियसभामा लैजाने भन्ने ‘गाइडलाइन’ जारी गरिदिन पनि माग गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?