
विरगञ्जमा प्याजको कालोबजारी बढेपछि जिल्ला प्रशासन पर्साले प्याजको अधिकतम बिक्री मुल्य तोकेको छ ।
भारतले प्याजको निर्यातमा रोक लगाएसँगै नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर व्यापारीले महँगो मूल्यमा बेच्न थालेपछि पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीहरुको छलफलबाट प्याजको अधिकतम बिक्री मुल्य ७५ रुपैयाँ तोकिएको हो ।
स्थानीय प्रशासनमा बसेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आइतबार बसेको बैठकले हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ र खुद्रा मूल्य प्रतिकेजी ७५ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसअघि व्यापारीहरुले प्याजको कृत्रिम अभाव सिर्जना गरी प्रतिकेजी १०० मा बेच्दै आएकोमा अब प्रशासन र व्यापारीको छलफलबाट मूल्य निर्धारण गरेपछि उपभोक्ता ठगिन नपाउने स्थानीय पुष्कर घिमिरेले जनाएका छन् ।
तोकिएको मूल्यभन्दा बढी रकम लिएर प्याज बिक्री वितरण गरेको पाइए स्थानीय प्रशासनले कानूनबमोजिम कारवाही गरिने बताइएको छ ।