
विगत ६ महिनादेखि कोरोना भाइरसका कारण बन्द रहेको आन्तरिक हवाई उडान खुलेसँगै अाज पहिलो दिन विराटनगरबाट काठमाडौंका लागि पाँच वटा हवाई उडान हुने भएका छन् ।
अाज बुद्ध एयरलायन्सले तीन र यती एयरल्यान्सले दुई पटक उडान भर्ने विराटनगर विमानस्थलका प्रमुख उत्सव पोखरेलले जनाएका छन् ।
अान्तरिक उडानका लागि अावश्यक सुरक्षा सतर्कता अपनाइएको विमानस्थल प्रशासनले जनाएको छ । उडानका लागि अधिकांश टिकट बुक भइसकेको एयरलायन्सले जनाएका छन् ।