Logo

माेरङमा तीन जनाको पोखरीमा मृत्यु

                     
Logo 2020-09-21 09:09     Hamro Biratnagar

13

मोरङको ग्रामथान गाउँपालिका-४ मा हिजो आइतबार दिउँसो एकै परिवारका तीन जनाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ग्रामथान-४, बनसखण्डीकी ३५ वर्षीया सीता अधिकारी तथा उनका दुई छोरी १३ वर्षीया पवित्रा र नौ वर्षीया कृतिका रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

उनका अनुसार पौडी खेल्ने क्रममा डुब्न लागेका छोरीहरुलाई बचाउने आमाको प्रयास असफल भएपछि तीनै जनाको मृत्यु भएको हो । घटना दिउँसो भएकोमा साँझ ६ बजे मात्र छिमेकीले थाहा पाई प्रहरीमा खबर गरेका थिए ।जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले शव पोष्टमार्टमका लागि कोसी अस्पताल पुर्याई विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?