Logo

सरकारले तोकेको शुल्क नमान्ने निजी ल्याबको अडान

                     
Logo 2020-09-21 09:09     Hamro Biratnagar

13

नेपाल सरकारले कोरोना संक्रमण परीक्षणका लागि कायम गरेको दुई हजार रुपैयाँ शुल्कमा परीक्षण गर्न निजी क्षेत्रका ल्याबहरूले आनाकानी गरेका छन् ।

सरकारले कायम गरेकोभन्दा दोब्बर शुल्क असुली गरेको पाइएपछि त्यस्ता ल्याबहरूलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयले गत बिहीबार गृह मन्त्रालय र वाणिज्य विभागलाई पत्राचार गरेको स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

निजी अस्पतालले स्वास्थ्य मन्त्रालयलाई हाल कायम गरिएको शुल्कमा परीक्षण गर्न नसकिने जानकारी दिएको पनि उनले बताए।

ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माकोअध्यक्षतामा गत आइतबार सोही अस्पतालमा बसेको ल्याब सञ्चालकहरूको बैठकले परीक्षणको न्यूनतम शुल्क तीन हजार आठ सय ९९ रुपैयाँ कायम गर्ने सहमति गरेको छ। सरकारले खरिद गरेको सामग्रीको मूल्य अनुसार शुल्क तोक्नु गलत भएको उनीहरूको जिकिर छ ।।।


लोकप्रिय छुटाउनुभयो कि ?