Logo

ज्यूदै इटाभट्टामा हालेर मारेको आरोपमा निलम्बित संसद आलमको निवेदन सर्वोच्चमा

                     
Logo 2020-09-20 08:09     Hamro Biratnagar

13

तस्विर : गूग्ल

जिउदै इँटा भट्टामा हालेर हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सांसद मोहम्मद अफताब आलमले पुर्पक्षका लागि जेल चलान राख्ने जिल्ला र उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा भदौ ३१ गते निवेदन दर्ता गराएका छन् ।

आलमले दिएको निवेदन सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आइतबार जिल्ला र उच्च अदालतले गरेको आदेश मगाउन आदेश गरेको छ । गत वर्ष कात्तिक २९ गते जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। आलमले उच्च अदालतमा जिल्ला अदालतको आदेश विरुद्ध दिएको निवेदनमाथि सुनुवाइ गर्दै २०७६ माघ २४ गते उच्चले पनि जिल्लाकै आदेश सदर गरेको थियो ।

२०६४ सालको संविधान सभा निर्वाचनको अघिल्लो दिन आलमकै निर्देशनमा घरमा बम बनाउनेक्रममा १२ जनाभन्दा बढीको ज्यान घटनास्थलमै गएको र घटना खुल्ने डरले घाइते भएका केहीलाई जिउँदै इटाभट्टामा हालेर मारेको आरोपमा उक्त घटनामा मरेका दुई जना मृतकका परिवारले जाहेरी दिएका थिए।

२०६४ को निर्वाचनमा समेत विजयी भएका नेपाली कांग्रेसका नेता आलम २०७२को निर्वाचनमा समेत विजयी भएका थिए । हत्याको आरोप लागेसॅगै संसदबाट निलम्बनमा परेका उनलाई पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा राखिएको छ ।

सर्वोच्च अदालतमा पिडितका परिवारले रिट दिएसॅगै सर्वोच्चले घटनाको पुन अनुसन्धान गर्न प्रहरी र सरकारी वकिलका नाममा बारम्बार ताकेता गरेको थियो। रौतहट प्रहरीले चुनावलगत्तै आलमविरुद्ध जाहेरी परेपनि प्रमाण नपुगेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?