Logo

उपभोग्य मिति नभएका चामललगायत खाद्यान्न बिक्रीमा प्रतिबन्ध

                     
Logo 2020-09-20 07:09     Hamro Biratnagar

13

विराटनगर । असोज ४

उत्पादन मिति नलेखी बजार पठाउन लागिएको चामल चिनीलगायत बिक्रीमा काठमाडौं महानगरको अनुगमन समितिले पूरण प्रतिबन्ध लगाएको छ।

काठमाण्डौं महानगरको उपभोक्ता हित संरक्षण समितिले आइतबार दिनभर गरेको बजार अनुगमनको क्रममा २५ प्याकेट पानी पुरी र १५ प्याकेट खुल्ला चाउमिन नष्ट गरेको थियो भने २ सय बोरा चामल बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएको हो।

महानगरकै गोङ्गबुमा सञ्चालित श्रेष्ठ राइस एण्ड चिउरा मिलमा राखिएको २०० बोरा चामल बिक्रीमा रोक लगाइएको छ। उक्त मिलमा श्रेष्ठ राइस एण्ड चिउरा गोङ्गबु प्रिन्ट भएका ३० किलोको बोरामा उत्पादन मिति, उपभोग्य मिति, मिल, खुद्रा वा अधिकतम मूल्य केही पनि उल्लेख गरिएको थिएन।

प्याजमा एक सय रुपैयाँमा प्याज बिक्री गर्ने गोकर्णेश्वरमा रहेको नन्देश्वरी आलु प्याज तथा गल्ला भण्डारलाई पनि समितिले वाणिज्य विभागमा हाजिर हुन आदेश दिएको बताएको छ।

गोपीकृष्ण खाद्य उद्योगमा उत्पादन गरी बजार पठाउन तयार करीब २५ प्याकेट पानीपुरी र स्कुटरमा राखेर खुल्ला बेच्दै गरिएको १५ प्याकेट खुल्ला चाउमिन पनि नष्ट गरिएको समितिले जनाएको छ।

लकडाउनले गोदाम तथा पसलमै थन्काइएका म्याद गुज्रिएका सामाग्रीहरूको बिक्री वितरण बढ्न थालेपछि समितिले काठमाडौंका हरेक पसल तथा उद्योगमा छापा मार्न थालेको बताएको हो।


लोकप्रिय छुटाउनुभयो कि ?