Logo

स्वास्थ्य मापदण्ड पूरा गरी पशुपति मन्दिर खुलाइने

                     
Logo 2020-09-20 05:09     Hamro Biratnagar

13

पशुपतिनाथ मन्दिर अब सुरक्षाका मापदण्ड अपनाएर सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको माग अनुरुप खुल्ने भएको हो। दुई दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै दर्शनार्थीले सुरक्षा सतर्कताका सम्पुर्ण मापदण्डहरू अपनाउनु पर्नेछ ।

तर दर्शनार्थी भने पश्चिमद्वार हुँदै (भुवनेश्वरी तर्फबाट) प्रवेश गर्नुपर्ने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए। मन्दिरको पुरै परिक्रममा नगरि मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने उनले बताए। उनका अनुसार अब सरकारले निर्देशन दिएपछि मात्रै मन्दिर सञ्चालन गर्न सकिने रहेको बताएका छन्।

दर्शनका लागि मन्दिर खुला भएपनि विशेष पूजा भने नगरिने भएको छ। भण्डारी र भट्टहरुलाई संक्रमणको जोखिम बढी भएकाले तत्काल विशेष पूजाको व्यवस्था नहुने डा. खतिवडाले बताए ।

कोरोना संक्रमण सुरु भएसॅगै नित्य पूजा नरोकिएपनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको थियो । सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिक स्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग राख्दै केही दिनअघि पशुपति क्षेत्रमा प्रदर्शन भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?