Logo

अब विदेशी च्यानलले विज्ञापन प्रसारण गर्न नपाउने

                     
Logo 2020-09-20 04:09     अभिमन्यु अभिजित

13

विराटनगर । असाेज ४

नेपालमा अब कात्तिक ८ गतेबाट ‘क्लिन फिड’ अर्थात् विज्ञापनरहित विदेशी च्यानल प्रसारण हुने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन ऐन–२०७६ को प्रावधान अनुसार अब नेपालमा विदेशी च्यानलले विज्ञापन रहित च्यानल सञ्चालन गर्नुपर्नेछ ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलका लागि केही समय अघिदेखि क्लिन फिड लागू गर्ने विषय चर्चामा रहेको अवस्थामा अब भने कार्यान्वयनमा आउने सूचना तथा सञ्चार प्रविधि सचिव हरिप्रसाद बस्यालले बताएका छन् ।

बस्यालका अनुसार तोकिएको समय अनुसार नै क्लिन फिड लागू गर्न आवश्यक प्रक्रिया पुरा गरिसकेको बताएका छन् ।

गत कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्नुपर्ने प्रावधान राखिएको थियो ।

उक्त ऐनको दफा ६ मा ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित प्रसारण गर्नुपर्ने छ । सम्झौता गरिसकेका संस्थाहरूले ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित रुपमा प्रसारण गर्नुपर्ने' उल्लेख गरिएको छ ।

तर, केही समय अघिमात्रै भारतीय टेलिभिजन च्यानल प्रसारण संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ)ले नेपाल सरकारलाई थप ६ महिना क्लिन फिड नीति कार्यान्वयनमा नल्याउन आग्रह गर्दै पत्र पठाएको थियो तर उक्त पत्रको विषयमा सचिव बस्यालले भने, ‘त्यो कहाँ आयो थाहा छैन । हामीसँग आइपुगेको छैन । त्यसमा कतिपय संस्था तथा व्यक्तिको स्वार्थ होला । तर, क्लिन फिड लागू हुनेछ ।’

यसअघि आईबीएफले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको नाममा पत्र पठाउँदै हालको विषम् परिस्थितिलाई ध्यानमा राखी नीति कार्यान्वयन ६ महिना स्थगित गर्न आग्रह गरेको थियो । तर, कार्यान्वयनमा कुनै किसिमको ढिलाइ नहुने सचिव बस्यालले बताएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?