Logo

सरकारले तोकेभन्दा कममा हवाइ टिकट बेचिँदै, कहाँको भाडा कति?

                     
Logo 2020-09-20 03:09     अभिमन्यु अभिजित

13

विराटनगर । असाेज ४

भन्द भएको सात महिनापछि खुल्न लागेका आन्तरिक उडानहरूले आफ्ना सीमित उडानका लागि भाडादर निर्धारण गरेका छन्। जसमा सरकारले तोकेभन्दा कम भाडा लिएर उडान गर्ने तयारी भइरहेको छ।

सरकारले सीमित भाडादर तोकिदिएको हुन्छ भने यात्रीको चाप अनुसार माग धेरै भएमा भाडा बढ्छ भने थोरै भएमा घट्छ। तर अधिकभन्दा ज्यादा भाडा लिन भने पाइँदैन। यसपाली भने अन्य बर्षका तुलनामा भाडा सस्तो हुँदै गएको हो।

चाडपर्वका मुखमा अधिक महङ्गो हुने भाडा कोरोनाका कारण अहिले काठमाडौंबाट बाहिरिनेको संख्या न्यून भएकाले नै सस्तो हुने बताइएको छ। कोरोनाकै त्रासले पनि खासै यात्रामा कोही ननिस्किएकाले अनलाइन बुकिङ गर्नेहरू कम देखिएका छन्।

सोमबारका लागि काठमाडौं- नेपालगन्जको भाडामा बुद्ध एयरले ५५ सयमा अहिले टिकट उपलब्ध भइरहेको छ भने यति एयरलाइन्सको ४३ सय मात्र छ। काठमाडौंदेखि साधारण भाडादर ११ हजार हुनेगर्छ।

यदि इन्धनको मूल्य परिवर्तन भयो भने भाडामा तलमाथि हुनसक्छ। साँझसम्ममा भाडा बुकिङ अनुसार बढ्न सक्ने भएपनि हाललाई टिकट बुक गर्नेहरू कम भएकाले भाडादर न्यून देखिएको छ। साेही अनुपातमा काठमाण्डाैँबाट अन्यत्रकाे भाडादर पनि न्यून भएर खुल्ने लक्षण देखिएकाे हाे ।


लोकप्रिय छुटाउनुभयो कि ?