Logo

सन्दीप लामिछाने आबद्ध दिल्लीले आज खेल्ने

                     
Logo 2020-09-20 02:09     अभिमन्यु अभिजित

13

विराटनगर । असाेज ४

शनिबारदेखि यूएईमा सुरु भएको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आज बेलुका पनि एक खेल हुँदै छ । चार विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको र दिल्लीमा उल्लेख्य मात्रामा उत्कृष्‍ट विदेशी खेलाडीहरु रहेकाले दिल्लीले कसलाई मैदानमा उत्रने मौका दिनेछ भन्‍ने कुराको चासो आम खेलप्रेमीहरुले लिएका छन् ।

बेलुका पौने ८ बजे सुरु हुने खेलमा दिल्ली क्यापिटल्सले किङ्स ११ पञ्‍जाबको सामना गर्दै छ । दिल्ली क्यापिटल्समा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने पनि आबद्ध रहेका छन् । उनले यसअघि पनि दुई सिजन दिल्लीबाट खेलिसकेका छन् ।

सन्दीपले हालसम्म आइपिएलमा ९ खेल खेलेका छन् जहाँ २१० बल बलिङ गरेर २९२ रन खर्चदैँ १३ विकेट हात पार्न सफल भएका छन् । आजको खेलमा उनी नियमित एघारमा पर्छन् कि नाईं भन्‍ने कुरालाई महत्वका साथ हेरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?