Logo

इटहरीकै पहिलो वडास्तरीय स्वास्थ्य इकाईको भवन शिलान्यास

                     
Logo 2020-09-20 01:09     Hamro Biratnagar

13

विराटनगर, असोज ४

सुनसरीको इटहरी उपमहानगरपालिका-४ मा आज आइतबार वडास्तरीय स्वास्थ्य भवनको शिलान्यास गरिएको छ ।

इटहरीका नगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

२८ लाख ६८ हजार रुपैयाँको लागतमा भवन निर्माणको लागि डिआरए कन्स्ट्रक्सनले जिम्मा लिएको वडासचिव प्रोक्षण पोख्रेलले जानकारी दिए ।

भवनबाट वडाको लागि आधारभुत स्वास्थ्य सेवा उपलब्ध हुने सभापति एवं वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र भट्टराईले बताए । भट्टराईले वडास्तरमा स्वास्थ्य सेवाको विस्तारबाट सर्वसाधारणहरुलाई लाभ मिल्ने बताए ।

एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि सो अघि नै निर्माण सक्ने निर्माण कम्पनिले प्रतिबद्धता जनाएको छ । जनप्रतिनिधि आएपछि इटहरीमा पहिलो पटक स्वास्थ्य इकाई स्थापना भएको हो ।

शिलान्यासपछि बोल्दै मेयर चौधरी र उपमेयर गौतमले इटहरी उपमहानगरपालिका स्वास्थ्य सेवामा नगरवासीको पहुँचका लागि क्रियाशील रहेको बताएका थिए ।।।


लोकप्रिय छुटाउनुभयो कि ?