Logo

पेट्रोल बोकेको ट्याङ्कर त्रिशुली नदीमा खस्यो, चालक र सहचालक सुरक्षित

                     
Logo 2020-09-20 12:09     Hamro Biratnagar

13

धादिङको गल्छि गाउँपालिका-६ चरौँदीमा गएराति पेट्रोल बोकेको ट्याङ्कर त्रिशुली नदीमा खसेको छ ।

वीरगन्जबाट काठमांडौतर्क गइरहेको ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशुली नदीमा खसेकोमा चालक तथा सहचालक भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

ब्रेक फेल भई नदीमा खसेको ट्याङ्करमा आगलागीसमेत भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बाग्मति प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले जानकारी दिए ।।।


लोकप्रिय छुटाउनुभयो कि ?