
विराटनगर, असोज ४
प्रदेश २ मा सत्ताधारी दल जनता समाजवादी पार्टीले हिजो शनिबार संविधानको विरोधमा सडक प्रदर्शन गरेको छ ।
आफूहरुले संविधान संशोधनको माग गर्दै आएकोमा सरकारले माग सम्बोधन नगरेको भन्दै पार्टीले पर्साको वीरगन्ज र बाराको कलैयामा प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले 'अपूरो संविधान विरोध कार्यक्रम' लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।
जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले संविधान जारी गर्दा आफूहरुमाथि घात भएकाले विरोध गरेको बताए ।
अन्तरिम संविधानले दिएको अधिकारसमेत नयाँ संविधानले कुण्ठित गरेको भन्दै उनले संविधान संशोधन नभएसम्म निरन्तर विरोध जारी रहने उल्लेख गरे ।।।