
काठमाडौँ । दिल्ली प्रहरीले जासुसीको अभियोगमा एक नेपाली पुरुष र चिनियाँ महिलालाई पक्राउ गरेको जानकारी शनिबार दिएको छ । उनीहरुविरुद्ध जासुसीको जालो खडा गरेर स्वतन्त्र पत्रकार राजीव शर्मामार्फत काम गरेको आरोप छ ।
यसअघि १४ सेप्टेम्बरमा सुरक्षा तथा विदेश मामिला हेर्ने भारतीय पत्रकार शर्मालाई दिल्लीस्थित स्पेशल सेलले पक्राउ गरेको थियो । उनीविरुद्ध सुरक्षा दृष्टीले महत्वपूर्ण दस्तावेजहरुको जासुसी गरेको अभियोग थियो । प्रहरीका अनुसार नेपाली युवाले ती दस्तावेजहरु चिनियाँ महिलालाई उपलब्ध गराउने गरेका थिए । त्यसबापत उनीहरुमार्फत ती पत्रकारले राम्रो रकम पनि पाउने गरेका थिए ।