
विराटनगर । असाेज ३
गत २४ घण्टामा प्रदेश एकमा ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ७ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा १ महिला र ६ पुरुष छन् । मोरङको बुढीगंगामा ४ महिला र १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, जहदामा १ पुरुष, पथरिमा १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रतुवामाईमा १० पुरुष, बेलबारीमा १ पुरुष गरी मोरङ मा ३२ जना थपिएको छ ।
उता सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, धरानमा १ महिला र ५ पुरुष, राम्धुनि मा ७ पुरुष गरी सुन्सरी मा जम्मा २२ जना थपिएका हुन ।
झापाको विर्तामोड मा ४ पुरुष र सप्तरी मा १ जना गरी जम्मा प्रदेश एक मा ५९ जना थपिएका हुन ।
प्रदेशभरबाट ७१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय ३ पुगेको छ । ११ सय ३५ जनाको पीसीआर परीक्षण भएको छ । कूल मृतककाे संख्या ५३ पुगेकाे छ ।