Logo

प्रदेश २ मा छैन संविधान दिवसको रौनक

                     
Logo 2020-09-19 03:09     Hamro Biratnagar

13

विराटनगर, असोज ३

प्रदेश २ सरकारले संविधान दिवसको अवसरमा आज शनिबार कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ ।

यद्यपि, केन्द्रीय सरकारको परिपत्र अनुसार देशका सबै भागमा हुन गइरहेको राष्ट्रिय झन्डा फहराउने र साँझ दिपावली गर्ने कार्यक्रम भने प्रदेश २ मा पनि हुने भएको प्रदेश सरकारका मुख्य सचिव अर्जुन प्रसाद पोखरेलले जानकारी दिए ।

गत वर्ष औपचारिक कार्यक्रमका रूपमा असोज २ गते सरसफाइ, ३ गते प्रभातफेरी र ४ गते मधेस भवनमा वृक्षारोपण गरेको भएपनि यस वर्ष प्रदेश सरकारले कुनै औपचारिक कार्यक्रम नराखेको पोखरेलले बताए । गत वर्षको औपचारिक कार्यक्रममा सरकारका कुनै मन्त्रीको उपस्थिति भने थिएन ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवसमा उत्सव मनाउने समय नआएकाले औपचारिक कार्यक्रम नगरिएको बताए ।

सरकारी कर्मचारीले संविधान दिवस मनाए पनि सत्ताधारी जनता समाजवादी पार्टी भने संविधानको विरोध गर्दै सडकमा उत्रने भएको छ ।।।


लोकप्रिय छुटाउनुभयो कि ?