Logo

सन्तान हुने बनाईदिन्छु भन्दै बलात्कार प्रयास गर्ने पक्राउ

                     
Logo 2020-09-19 02:09     Hamro Biratnagar

13

झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै बलात्कार प्रयास गर्ने एक जना विराटनगरमा पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई बलात्कारको प्रयास गरेको अारोपमा प्रहरीले पक्राउ गरेको हो।

गाउँघरमा धामीझाँक्रीको काम गर्दै हिँड्ने व्यक्तिले महिलामाथि बलात्कारको प्रयास गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।

बिहे गरेको ६ वर्षसम्म पनि बच्चा नभएकि एक महिलालाई झारफुक गरेर गर्भ रहने बनाइदिन्छु भन्दै उनले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । सन्तानको आशमा रहेकी महिलालाई भदौ २५ गते बिहान उनले अाफ्नो घरकै पूजाकोठामा लगेर बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

आफ्ना श्रीमानलाई लिएर झाँक्रीकोमा पुगेकी उनलाई झाक्रीले बलात्कारको प्रयास गरेको बताएकी छिन् ।झाँक्रीले खीर पकाएपछि श्रीमानलाई खान दिएर बाहिर पठाएर आफूलाई पूजा कोठामा लगेर खान दिएको र अाफुलाई दिएको खीरमा लट्याउने अौषधी हालेर बेहोसीको अवस्थामा पुगेपछि बलात्कार प्रयास गरेको पीडितको भनाइ छ ।

आफूलाई लट्याउने कुरा मिसाएको खीर खान दिएपछि शरीर आलसतालस भएको र सबै कुरा राम्ररी थाहा नपाउने अवस्थामा पुगेपछि अंगालो हाल्दै कपडा खोलेर बलात्कारको प्रयास गरेको महिलाको भनाइ छ । घरबाहिर रहेका महिलाका श्रीमानले झाँक्रीको यस्तो चर्तिकला देखेपछि छिमेकीलाई बोलाएका थिए ।

पीडितको जाहेरीका आधारमा धामीझाँक्रीको काम गर्दै आएका पुरुषलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गर्दा महिलामाथि बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीले झाँक्रीविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?