Logo

सौर्य एयरलाइन्सले थप्यो नयाँ जहाज

                     
Logo 2020-09-19 09:09     Hamro Biratnagar

13

विराटनगर, असोज ३

विगत ६ वर्षदेखि सञ्चालनमा रहेको सौर्य एयरलाइन्सले भारतको कुबेर ग्रुपसँगको साझेदारीमा एउटा जहाज थप गरेको छ।

यसअघि एयरलाइन्ससँग रहेको बम्बार्डियर कम्पनीको सीआरजे २०० जेट इन्जिनयुक्त ५० सिट क्षमताको विमान खरिद गरेको एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जानकारी दिए । असोजको दोस्रो सातादेखि ट्रङ्क रुटमा पाँच गन्तव्यका लागि उडान सुरु गरिने पनि उनले बताए ।

हाल एयरलाइन्सले विराटनगरमा तीन,झापाको चन्द्रगढीमा एक,धनगढी, नेपालगन्ज र भैरहवामा दुई दुई ओटा उडान सञ्चालन गरिरहेको पोखरेलको भनाइ छ ।।।


लोकप्रिय छुटाउनुभयो कि ?