Logo

आफ्नै देशमा आएको रेल हेर्न सर्वसाधारणको भिड

                     
Logo 2020-09-19 08:09     Hamro Biratnagar

13

विराटनगर, असोज ३

भारतको हाजीपुर स्टेशनबाट जयनगर हुँदै नेपाल रेलवेको रेल हिजो शुक्रबार नेपालको जनकपुर आइपुगेको छ ।

इन्जिन र चार ओटा बोगीसहितको रेल नेपाल आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

रेल आएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्य तथा रेल विभागका महानिर्देशक मिश्रसहित अन्य अधिकारीहरुको उपस्थितिमा एक समारोहका बीच रेल नेपाललाई हस्तान्तरण गरिएको थियो ।

जनकपुरमा रेल आउने भएपछि रेलवे स्टेशनमा रेल हेर्न सर्वसाधारणको भिड लागेको थियो । कोरोना संक्रमणको जोखिमका बावजुद बालक, वृद्ध तथा युवाहरु गरी सबै उमेरका सर्वसाधारण रेल हेर्न उत्सुकतापूर्वक भेला भएका थिए । सर्वसाधारणको भिडलाई मध्यनजर गर्दै रेलवे स्टेशनको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।।।


लोकप्रिय छुटाउनुभयो कि ?