
विराटनगर। असोज २
विराटनगर मेन रोड अतिथि सदन अगाडी शुक्रबार साँझ सवारी दुर्घटना हुँदा एकजना घाइते भएका छन्।
केही समय अगाडि गलत साइडबाट आएको सवारीले ठक्कर दिँदा अर्को दिशाबाट आएका स्कुटी चालकलाई ठक्कर दिएको थियो। ठक्करबाट जयश्री राठी सख्त घाइते भएका छन्।
घाइते महिलालाई ठक्कर दिने चालकले नै विराट नर्सिङ हस्पिटमा उपचारका लागि पुर्याएको पनि जानकारी भएको छ।
गाडी नंबर खुलेको छैन भने महिलाको स्थानिय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।