
धरान । असाेज २
सुनसरीकाे धरान उपमहानगरपालिकाले शुक्रबारबाट अनलाइन कर भुक्तानी सेवा सञ्चालन थालेकाे छ । संसारको जुनसुकै ठाउँबाट पनि अनलाइनमार्फत कर तिर्न सकिने उपमहानगरपालिकाले जनाएको हाे ।
शुक्रबारबाट पूर्णरुपमा काम सुरु भएको उपमहानगरका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिएका छन् । असाेज १ गते प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीको घर जग्गाको कर अनलाइन मार्फत तिरी सेवा शुभारम्भ भएकाे थियो । जनता आफैँ उपस्थित भएर कर तिर्न कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अनलाइन सेवा थालिएकाे उपप्रमुख भण्डारीले जानकारी दिइन्।
उपमहानगरकाे वेभमा गएर कर तिर्नका लागि नाम टिपाएपछि उपमहानगरले युजर र पासवर्ड वितरण गर्नेछ । साेहीमार्फत् इसेवा, वालेट वा खल्ती तथा बैंकबाट कर तिर्न सकिने बताइएकाे छ ।