Logo

अमेरिकामा अक्टोबरदेखि कोरोनाको खोप वितरण सुरु हुने राष्ट्रपति ट्रम्पको भनाइ

                     
Logo 2020-09-18 12:09     Hamro Biratnagar

13

एजेन्सी, असोज २

अमेरिकामा आगामी अक्टोबरदेखि कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा ल्याइने भएको छ।अक्टोबरदेखि वितरण सुरु गरी सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

अक्टोबरको मध्यसम्म खोप वितरण सुरु हुने राष्ट्रपति ट्रम्पको अनुमान छ ।आफूले कोरोना संक्रमण नियन्त्रण गर्न हरसम्भव प्रयास गरिरहेको बताउँदै राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिपक्षी डेमोक्र्याटहरूले आफ्नो प्रयास असफल पार्न सक्ने आरोप लगाए।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ६६ लाख १६ हजार चार सय ५८ जना संक्रमित भएकोमा एक लाख ९६ हजार चार सय ३६ जना संक्रमितको ज्यान गइसकेको छ ।।।


लोकप्रिय छुटाउनुभयो कि ?