
विराटनगर, असोज २



सेयर बजारमा हिजो बिहीबार नेप्से परिसूचक दुई अंक वृद्धि भई कारोबार बन्द भएको छ ।
साथै, सेन्सेटिभ इन्डेक्स ७.०२ अङ्कले वृद्धि भई ३१२.५० विन्दु कायम भएको छ ।
एक सय ९१ कम्पनीबीच ४७ हजार आठ सय ९५ पटक कारोबार हुँदा कारोबार रकम तीन अर्ब ३६ करोड १९ लाख ५६ हजार पुगेको थियो भने कारोबार भएको सेयर संख्या एक करोड १९ लाख २२ हजार कित्ता पुगेको थियो ।
हिजो भएको कारोबारमा होटल उपसमूहको परिसूचक सर्वाधिक ९.३७ प्रतिशत र हाइड्रोपावर उपसमूहको परिसूचक ७.३६ प्रतिशतले वृद्धि भएको थियो ।
विकास बैंकको परिसूचक ३.७३ प्रतिशत तथा बैंकिङ तर्कको परिसूचक २.३ प्रतिशतले उकालो लागेको थियो ।
पूनर्बीमा कम्पनीले सर्वाधिक १३ करोड २३ लाखको कारोबार गरेकोमा नेपाल बैंक लिमिटेडले १२ करोड १८ लाख रुपैयाँको सेयर कारोबार गरेको थियो ।।।