
विराटनगर, असोज २
सेयर बजारमा हिजो बिहीबार उत्साहजनक कारोबार भएको छ । अधिकांश जलविद्युत कम्पनी सहभागी रहेको सेयर बजारमा कारोबार सुरु भएको डेढ घण्टासम्म दुई दर्जनभन्दा बढी कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा भएको थियो । पछिल्लो समय जलविद्युत् क्षेत्रमा भएको लगानीकर्ताको आकर्षण अझै घटेको छैन ।।।