Logo

कुलमानको पक्षमा शान्तिपूर्ण र्याली निकाल्नेहरूमाथि प्रहरीको ज्यादति- मरणासन्न हुन्जेल यसरी पिटियो (भिडियो सहित )

                     
Logo 2020-09-17 10:09     Hamro Biratnagar

13

विराटनगर । असोज १

धेरैको लागि उनी अपरिचित अनुहार हुन्। आज कुलमान घिसिङ को पुनः नियुक्तिका लागि गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेर गिरफ्तार गरेका युवक हुन् - सिरहाका बब्लु गुप्ता!

बब्लु जसले 100s group मार्फत देश भर कपडा बैंक स्थापना गरेर हजारौलाई लुगा लगाउन पाउने वातावरण सिर्जना गरेर न्यानोपन प्रदान गरिदिए। हाजारौंको लाज छोप्न मद्दत गरे।

उपत्यकामा भएको लकडाउनका बेला विगत ६ महिनादेखि रत्नपार्कमा हजारौं मजदुरलाई हरेक दिन निःशुल्क खाना खुवाउने कामको नेतृत्व गरेका बब्लु बिहीबार प्रहरीको निशानामा परेर शख्त घाइते मात्र भएनन् उनको सयौं हाडहरू भाँचिएको अनुमान गरिएको छ।

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका बब्लु लगायत सयौं युवालाई प्रहरीले निर्घात पिटेको भिडियो सार्वजनिक भएको छ।

बब्लु लगायतको टोलीलाई बबरमहल एरियाबाट निर्घात कुटपिट गरेको हो। शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका बेला सम्झाइ बुझाइ नगरी यसरी कुटपिटबाट दर्जनौं युवा घाइतै भएका छन्।

७०/८० जनाको समूहमा मोटरसाइकलमा आएका बब्लु लगायतको टोलीलाई प्रहरीले बीच बाटोमा भ्यान तेर्स्याएर रोक्न खोज्यो। जोसिला युवाहरूले त्यसलाई नटेरी अघि बढिरहेपनि प्रहरीले पिछा गर्न छोडेन र एका एक आक्रमण सुरु गरिहाल्यो।

प्राप्त भिडियो अनुसार बब्लुलाई विशेष निशाना बनाइ पिटिरहेको देखिन्छ। प्रहरी मेरो साथी भनेर संचार गरिरहेको प्रहरीको यो ज्यादतिले सबै युवाहरूको आक्रोश सामाजिक सञ्जालमा देखिन थालेको छ।

निर्मम तरिकाले कुनै अपराधीलाई जस्तो यसरी साझा सडकमा कसैको ज्यान लिने गरी पिट्नु कदापि सही कदम होइन। देशद्रोहीहरू समेत खुलेर प्रदर्शन गरिरहेको देशमा केही दण्ड दिएको देखिँदैन। एउटा कुशल कर्मचारीको पुनर्नियुक्ति गरियोस् भनी सरकारलाई शान्तिपूर्ण दबाव दिने क्रममा यसरी ज्यानै लिने गरी भएको कुटपिटको कसैगरी सरर्थन गर्न सकिँदैन बरु राज्य संयन्त्र र प्रशासनले शालिन रूपमा प्रस्तुत हुनु जरूरी छ।

https://youtu.be/7isV5Y9zkfo

 


लोकप्रिय छुटाउनुभयो कि ?