Logo

कोरोनालाई राजनीतिक खेल नबनाउन डब्ल्यूएचओकाे आग्रह

                     
Logo 2020-09-17 08:09     अभिमन्यु अभिजित

13

तस्वीर - साभार

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई राजनीतिक खेल नबनाउन सबैलाई आग्रह गरेको छ । संगठनका इमर्जेसिजका प्रमुख माइक रयानले सबै मुलुकलाई आफ्ना नागरिकहरूमा सही सन्देश प्रवाहका आग्रह गरेका हुन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अधिकारीको बीचमा देखिएको विवादले थप समस्या सिर्जना गर्न सक्ने रयानको जिकिर छ ।

अमेरिकाको सीडीसीमन निर्देशक रोबर्ट रेडफिल्डले ट्रम्पको दाबीको खण्डन गर्दै सन् २०२१ को मध्यमा मात्र कोरोना भाइरसविरुद्धको खोप सार्वजनिक प्रयोगका लागि उपलब्ध हुन सक्ने बताएका थिए । साथै उनले खोपभन्दा पनि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि मास्क बढी प्रभावकारी हुने उल्लेख गरेका थिए ।

ट्रम्पले अबको केही सातामा नै कोरोना भाइरसविरुद्धको खोप आउन सक्ने बताएका थिए । साथै रेडफिल्ड कोरोना भाइरसको विषयमा भ्रमित भएको हुन सक्ने भन्दै आफ्नो यसअघिको दाबीको बचाउ गरेका छन् । डब्ल्यूएचओका माइक रयानले विज्ञान र सरकारले एकै किसिमको सन्देश मानिसहरुमा फैलाउनु जरुरी रहेको बताएका हुन् । उनले यस विषयमा राम्रोसँगको अध्ययन तथा सही सूचनाको आधारमा मात्र मानिसहरुमा सन्देश पुर्‍याउनु जरुरी रहेको जानकारी दिए ।

-एजेन्सी


लोकप्रिय छुटाउनुभयो कि ?