Logo

नेपालसँगकाे सम्बन्ध थप सुधारकाे पक्षमा छाैँ- नरेन्द्र माेदी

                     
Logo 2020-09-17 07:09     अभिमन्यु अभिजित

13

फाइल तस्वीर

विराटनगर । असोज १

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई ऐतिहासिक तथा सांस्कृतिक आधारमा थप सुदृढ बनाउन चालिरहेको बताएका छन्।

असोज एक गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा ओलीले दिएको शुभकामनाको जवाफमा मोदीले सो कुरा लेखेका हुन् ।

‘नेपाल र भारतको सम्बन्ध ऐतिहासिक र संस्कृतिक आधारमा थप सुदृढ बनाउन चाहन्छौं,’ मोदीले ट्विटमा भनेका छन् । प्रधामन्त्री ओलीले बिहिबार बिहान मोदीलाई उनको ७० औं जन्मदिनको अवसरमा शुभकामना दिएका थिए ।

नेपाल र भारतबीच विगत केही समयदेखि सीमा विवादका कारण सम्बन्ध सहज देखिँदैन । लिम्पियाधुरा सहितको क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेपछि नेपालसित भारत रुष्ट देखिन्छ। त्यस्तै नेपालले संविधान समेत संशोधन गरेपछि दुई देशबीच लामो समयसम्म संवाद भएको थिएन।

लामो समयको मौनताका बीच १५ अगस्टका दिन मोदीले नै शुभकामना दिएर संवाद प्रारम्भ गरेका थिए। नेपाल र भारतको सम्बन्धमा सुधारको लक्षण देखिँदै गएको विज्ञहरूले बताएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?