
विराटनगर । असाेज १
सुनको मूल्य बिहीबार एकैदिन तोलाको ९ सय रुपैयाँले घटेको छ । बुधबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ९६ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि ९ सय रुपैयाँले नै घटेर तोलाको ९६ हजार १ सय रुपैयाँ पुगेको छ ।
आज चाँदी पनि २० रुपैयाँ सस्तिएर १३ सय २० रुपैया प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।