Logo

झट्केलो बाबुद्वारा बालिका बलात्कृत

                     
Logo 2020-09-17 03:09     अभिमन्यु अभिजित

13

सांकेतिक तस्वीर

विराटनगर । असोज १

दाङमा १३ बर्षीया बालिका अाफ्नै झट्केलो बाबुबाट बलात्कार भएकी छिन् । बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी ती बालिका दुई बर्षदेखि पटक पटक झट्केलो बाबुबाट यौन शोषणमा पर्दै आएको खुलेको छ ।

ती बालिकाका अाफन्तले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएको हो । पीडित पक्षका अनुसार उक्त व्यक्तिले विगत २ बर्षदेखि बालबालिकालाई डराई धम्क्याई गरेर यौन शोषण गर्दै आएको खुलासा भएको छ ।

डरधम्कीका कारण घटना बाहिर भन्न नसकेका उनीहरुले पटक पटक बालिकामाथि यौन शोषणका क्रियाकलापहरु हुन थालेपछि प्रहरीमा उजुरी दिएको पत्रकार सम्मेलनमा पीडित बालिकाको परिवारले बताएका छन् ।

यौन शोषणका कारण बालिकाकमा शारीरिक तथा मानसिक समस्या समेत देखा परेको छ । उजुरी परेपछि ६२ बर्षीय ती अारोपित व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनी यसअघि जेठी श्रीमतीको हत्या गरि कैद भुक्तानी गरि निस्किएका व्यक्ति हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?