
विराटनगर, असोज १
चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्नमा जुटेको धुर्मुस-सुन्तली फाउण्डेसनलाई
बागमती प्रदेश सरकारले तीन करोड रुपैयाँ सहयोग दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष २०७७/०७८ का लागि अनुदान रकम दिन लागको हो । कोभिड १९ को संक्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेको भन्दै काम सुचारु गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।
यसैगरी बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र संचालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संसोधन स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुंगेलको भनाइ छ ।