
विराटनगर, असोज १
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भएका व्यक्तिहरुको कोरोना संक्रमण परीक्षण नगर्ने भएको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले गरेको निर्णय अनुसार मृत व्यक्तिको संक्रमण परीक्षण नहुने भएको हो ।
मृतकको शव सावधानीपूर्वक व्यवस्थापन गरी व्यवस्थापनमा संलग्न व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्थासहित निर्देशिका परिमार्जन गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हाल कोरोना संक्रमणको शंका भएका मृतकको पनि पीसीआर परीक्षण गर्ने गरिएको छ ।।।