
विराटनगर, असोज १
काठमांडौ उपत्यकामा हिजो बुधबारदेखि प्रशासनले गत भदौ २४ गते लागू गरेको बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ ।
काठमांडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यातायातमा जोर बिजोर प्रणाली कायम राखी अर्को आदेश नभएसम्म बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको बताए ।
भिडभाड नियन्त्रण गर्न भन्दै आज बिहीबार एक सूचना जारी गरेको प्रशासनले सभा, जुलुस, भोजभतेरजस्ता सबै प्रकारका जमघटजन्य गतिविधि निषेध गरिएको जनाएको छ ।
मठमन्दिरमा हुने नियमित नित्यपूजाबाहेक अन्यगतिविधिमा रोक लगाएको प्रशासनले उद्योग, कलकारखाना शिक्षण संस्थाजस्ता संगठित संस्थाको सञ्चालनमा समेत प्रतिबन्ध लगाएको छ ।।।