Logo

मुख्यमन्त्रीकी श्रीमती हुँ भन्ने युवतीले मुद्दा फिर्ता लिइन्

                     
Logo 2020-09-16 08:09     अभिमन्यु अभिजित

13

विराटनगर । भदाै ३१

प्रदेश १ का मुख्यमन्त्री शेरधान राईकी आफू पत्नी भएको दाबी गर्दै श्रीमती कायम गरी अंशबन्डाको माग गरेर मुद्दा हालेकी दोलखाकी बालिका खड्काले मुद्दा फिर्ता लिएकी छन्।

राईविरुद्ध खड्काले यौन दुर्व्यवहार भएको तथा राईले लिभिङ टुगेदर गरेको भन्दै उनले अंश प्राप्तिका लागि मुद्दा दायर गरेकी थिइन्। आफूलाई श्रीमती सरह कानूनी मान्यता दिनुपर्ने भन्दै उनले काठमाडौं जिलकला अदालतया मुद्दा दायर गरेकोमा बुधबार फिर्ता लिएकी छन्।

कसैको उक्साहटमा मुद्दा हालेको भन्दै उनले सो मुद्दा खारेजीका लागि अदालतमा निवेदन दिएकी थिइन्। जिल्ला अदालत काठमाडौँले राईविरुद्धको सो मुद्दा खारेज गर्दै लगत कट्टा गरेको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडाको एक इजलासले अंश चलनको फिर्तासम्बन्धी आदेश दिएको हो। अरूको उक्साहटमा लागि राई विरुद्ध मुद्दा हाल्न लगाइएको खड्काले दर्ता गरेको निवेदनमा उल्लेख छ।

खड्काले नेकपाका नेता कृपाशुर शेर्पा लगायतको दुरुत्साहनमा मुद्दा हालेको मुख्यमन्त्री राईको दाबी छ। गलत नियतले आफूमाथि आरोप लगाइएको भनादै राईले खड्का र शेर्पामाथि उजुरी गरेको पनि खुलेको छ।

कसैमाथि मिथ्या आरोप वा मुद्दा चलाइए सोही बमोजिमको कसुर ठहर गरी १ महिनासम्म कैदको व्यवस्था रहेको छ।

https://youtu.be/wBbPpCg4KSM


लोकप्रिय छुटाउनुभयो कि ?