Logo

५० प्रतिशत मात्र यात्रु लिएर उडान नगर्ने वायुसेवा संचालक संघको घाेषणा

                     
Logo 2020-09-16 07:09     अभिमन्यु अभिजित

13

विराटनगर । भदाै ३१

असोज १ गतेदेखि आन्तरिक हवाई सेवाको नियमित उडानका लागि सरकारले तोकेको ५० प्रतिशत यात्रु बोकेर उड्नुपर्ने नियम पालना गर्न नसखिने वायुसेवा चालक संघले स्पष्ट पारेको छ। नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै संघले यो नियमले वायुसेवा नै धरासायी बन्ने भन्दै हवाई सेवा सञ्चालन गर्न नसकिने बताएको हो।

बुधबार वायुसेवा संचालक संघले मन्त्रालयलाई पत्र जारी गर्दै नियमित उडान गर्न सरकार तत्पर देखिएकोमा आभार व्यक्त गरेको छ। तर स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर यात्रु बोक्दा संक्रमणको डर शून्य रहने भन्दै संघले सरकारलाई पुनर्निर्णय गर्न भनेको छ।

संघका प्रथम उपाध्यक्ष अनोज रिमालले हस्ताक्षर गरेको उक्त पत्रमा ५० प्रतिशत भाडा बढाए यात्रुहरूमा टिकटदर दोब्बर हुने र टिकट किन्न यात्रुलाई महङ्गो हुने भन्दै शतप्रतिशत यात्रु लिएर उडान गर्नका पुनर्विचार गर्न भनिएको छ। माग पूरा नभई उडान नगर्ने भन्दै संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएको छ।

https://youtu.be/wBbPpCg4KSM


लोकप्रिय छुटाउनुभयो कि ?