Logo

असाेज १ गते देशभरका अदालत बन्द गर्ने निर्णय

                     
Logo 2020-09-16 06:09     अभिमन्यु अभिजित

13

सर्वाेच्च अदालत । फाइल फाेटाे

विराटनगर । भदाै ३१

पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा  सर्वोच्च अदालतले असाेज १ गते बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ।

सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक बैठकले सिंहको निधनप्रति  दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका सबै अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो।

पूर्व प्रधानन्यायाधीश सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

प्रदेश २ काे जिल्लामा १९७६ सालमा जन्मिएका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए । २०१६ असार १५ गतेसम्म काम गरेका थिए।

https://youtu.be/wBbPpCg4KSM


लोकप्रिय छुटाउनुभयो कि ?