
विराटनगर । भदाै ३१
नेपालमा गत २४ घण्टामा कूल १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मुलुकभरका प्रयोगशालामा १० हजार ४ सय ९४ नमुना परीक्षणमध्ये यति धेरै संक्रमण पुष्टि भएको हो ।
याेसँगै नेपालमा कूफ संक्रमितकाे संख्या ५८ हजार ३ सय २७ पुगेको छ । संक्रमितमध्ये ३ सय ७९ जनाको मृत्यु भइसकेकाे छ भने ४१ हजार ७ सय ६ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा मात्र १ हजार ६८ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए । संक्रमितहरूमा सबैभन्दा धेरै काठमाण्डाैँ उपत्यकाका छन् ।
https://youtu.be/wBbPpCg4KSM