Logo

बुधबार डुङ्गा पल्टिँदा एक बेपत्ता

                     
Logo 2020-09-16 02:09     अभिमन्यु अभिजित

13

Boat Accident

विराटनगर । भदाै ३१

पश्चिमी नवलपरासीको सुस्ता गाउँपालिका–५ ठाडिघाटस्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार ईटा बोकेर सुस्तातर्फ जाँदै गरेको डुङ्गा पल्टिँदा भारत उत्तर प्रदेशको महाराजगन्जका २८ वर्षीय सतरु मुसहर बेपत्ता भएका हुन्। बाँकी डुङ्गामा रहेका ६ जना भने पौडिएर सकुशल बाहिर निस्केको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी राजु लामाले जनाए ।

डुङ्गा सुस्तास्थित जनता आवासकोे भवन निर्माणका लागि ठाडिघाटबाट ईटा बोकेर जाने क्रममा दुर्घटनामा परेको थियो ।

https://youtu.be/wBbPpCg4KSM


लोकप्रिय छुटाउनुभयो कि ?