Logo

कुलमान घिसिङको नियुक्ति रोकेर कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकियो

                     
Logo 2020-09-16 10:09     Hamro Biratnagar

13

विराटनगर, भदौ ३१

 

उर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी प्रमुखमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ ।

वरिष्ठताका आधारमा उर्जा मन्त्री वर्षमान पुनले कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

गत आइतबार कार्यकाल पूरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुन: नियुक्त गर्नुपर्ने चौतर्फी दबाबका बीच उनको नियुक्तिका लागि मन्त्री पुनले गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा लगेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले थप छलफल गर्ने भन्दै तामेलीमा राखिदिएका छन् ।।।


लोकप्रिय छुटाउनुभयो कि ?