Logo

पैसा तिर्न नसक्दा गोल्डेन अस्पतालले बिरामीलाई बनायो बन्धक

                     
Logo 2020-09-16 09:09     Hamro Biratnagar

13

विराटनगर, भदौ ३१

मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालले ५५ हजार रुपैयाँ उपचार खर्च नतिरेको भन्दै एक बिरामी दम्पतिलाई अस्पतालमै बन्धक बनाएको छ ।

 

बन्धक बनाइएकाहरूमा सप्तरीको अग्निसाइर कृष्णसावरण-६ का शिवचन्द्र सदा र उनकी श्रीमती मलियादेवी सदा रहेका छन् ।

छिमेकी दिनानाथ साह र उनकी श्रीमतीबाट भएको कुटपिटपछि घाइते भएका सदा दम्पति गोल्डेन अस्पतालमा १२ दिन उपचार गराई निको भएपनि उपचार खर्च अभावमा बन्धक बनाइएका हुन् ।

महुली खोला किनारमा झुपडी बनाई बसेका सदा दम्पतिका १२, ९र ५ वर्षीय तीन जना छोरा छन् । उनीहरू छोराहरुको अवस्थाप्रति चिन्तित छन् ।

कुटपिटमा संलग्न दिनेशलाई कञ्चनपुर प्रहरीले पक्राउ गरी म्याद थप गरेकोमा सरकारी वकिल कार्यालयले दिएको आदेश अनुसार उपचार खर्च भराई आरोपीकी श्रीमतीलाई पनि पक्राउ गर्नुपर्नेमा कञ्चनपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहले पक्राउ नगरेको पीडित पक्षको आरोप छ ।

हाल पीडक दिनेशलाई पनि प्रहरीले २४ दिनको हिरासतपछि रिहा गरेको छ भने पीडितले कुनै क्षतिपूर्ति पाएका छैनन् । पीडक दिनेशलाई सरकारले वकिल कार्यालयको आदेशमा रिहा गरिएको डीएसपी सिंहको जिकिर छ ।

बन्धक बनाउने गोल्डेन अस्पतालका सञ्चालक सनातन मण्डलले निजी अस्पतालले छुट नदिने भन्दै कञ्चनपुर प्रहरीले रकम भुक्तान गरेपछि मात्र सदा दम्पतिलाई छोड्ने बताएका छन् । प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सदा दम्पतिलाई छोड्न अस्पताललाई निर्देशन दिएका छन् ।।।


लोकप्रिय छुटाउनुभयो कि ?