Logo

सिराहा कारागारका १ सय ४८ कैदीबन्दीमा एकै दिन काेराेना

                     
Logo 2020-09-15 08:09     अभिमन्यु अभिजित

13

विराटनगर । भदाै ३०

प्रदेश २ अन्तर्गत सिराहा कारागारका थप १ सय ४८ कैदी बन्दीमा कोरोना संक्रमण पुष्टी भएकाे छ ।

अाज थप १ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको कारागारकी निमित्त प्रमुख बविताकुमारी महतोले जानकारी दिएकी छिन् । संक्रमितहरूमा सबै पुरुष छन् ।

कारागारका दुई जना आश्रित बालबालिकासहित १७ जना महिला कैदीबन्दीमा यसअघि नै कोरोना संक्रमण छ भने अाज एकै दिन यति ठूलाे संख्यामा संक्रमण देखिएपछि कैदीहरूमा त्रास बडेकाे जनाइएकाे छ ।

कारागारमा संक्रमित हुनेको संख्या कूल २ सय ४१ पुगेको कारागार प्रमुख महतोले जानकारी दिइन् । संक्रमित सबैलाई कारागारकै आइसोलेसनमा राखिएको जानकारी प्राप्त भएकाे छ । १ सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको उक्त कारागारमा अहिले ५ सय ९६ जना कैदी बन्दीलाई राखिएको छ । संक्रमण दर बढेकाले कसरी व्यवस्थापन गर्ने भन्ने पीर थपिएकाे महताेले जनाइन् ।

https://youtu.be/kHsa0na7jks


लोकप्रिय छुटाउनुभयो कि ?