
विराटनगर । भदाै ३०
झापा जिल्लाकाे भद्रपुरमा १० जना जुवाडे माेटाे रकम सहित साेमबार पक्राउ परेका छन् । जुवा खेलिरहेकाे गोप्य सुचनाका आधारमा प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरक टोलीले सोमबार साँझ भद्रपुर नगरपालिका २ पृथ्वीनगरका सुवास तामाङको घरबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले बताएकाे छ ।
जुवा खेलेकाे अाधारमा पक्राउ पर्नेमा उमेर नखुलेका घरधनी तामाङसहित भद्रपुर ४ का माधव राजवंशी, रमेश लिम्बू, राजु लिम्बू, अनीश लिम्बू तथा भद्रपुर २ कै कर्ण ब. तामाङ , अङ्गराज दङ्गाल, आराबहादुर तामाङ र भद्रपुर ६ का तुरुल राजवंशी रहेका छन् ।
डिएसपी राकेश थापाका अनुसार जुवा खालबाट नगद ८४ हजार ५ सयसहित २१ प्याकेट तास बरामद गरिएकाे छ । अभियुक्तहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरमा एक रात राखेर मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा बयान लिने काम भएको थापाले बताएका छन् । म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगिने जानकारी प्राप्त भएकाे छ ।
https://youtu.be/kHsa0na7jks