
भारतले नेपाललाई कोरोनाको उपचारमा प्रयोग गरिँदै आएको रेम्डेसिभिर औषधि सहयोग गरेको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले २ हजार थान रेम्डेसिभिर प्रदान गरेका हुन्।



विज्ञहरू अनुसार यो औषधि कोरोना संक्रमितलाई दिएपछि भाइरसलाई परास्त गर्न सकीने र विभिन्न क्लिनिल ट्रायलले पनि यसले प्रयोगले उपचारमा सघाउ पुर्याएको देखिएको छ।
नेपालमा स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पताललाई यो औषधि संक्रमितमा प्रयोग गर्न अनुमति दिएको छ।