
विराटनगर । भदाै ३०



मङ्गलबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।
मंगलवार सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ । सोमबार सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि तोला २० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँ थियो । आज चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँले खरीद बिक्री भएकाे महासंघले जनकारी दिएको छ ।
https://youtu.be/kHsa0na7jks