
विराटनगर। भदौ ३०
बर्षातको मौसममा तराई भूभागमा पानीको निकासमा सकस भएर हिलो हुनु त सामान्य हो। तर विराटनगर महानगरपालिकाभित्रका प्रत्येक वडामा बर्षेनी पोखरी नै बन्छ।
[caption id="attachment_4160" align="alignnone" width="960"]
अहिले गत हप्तादेखि निरन्तर सामान्य बर्षा भइरहेको छ। यत्तिको बर्षामा ढल मार्फत पानी निकास भएर जाने हो भने कतै डुबान हुने संभावना छैन। तापनि महानगरभित्र सधैँ जसो डुब्ने गरेको छ। हिँडडुल गर्न पनि समस्या हुनेगरी ताल परेपछि स्थानीयहरू आक्रोशित हुन थालेका छन्।
विराटनगर १५ का स्थानीय युवा प्रकाश कर्णका अनुसार अहिले उनको वडा र टोल सबै जलमग्न छ। पक्की घर हुनेहरूको घर त सुरक्षितै छ तर जसको घर सामान्य छ उसको पूरै बिजोग भएको छ। पानीमा सर्पहरू पनि बगेर आउने डरले स्थानीयहरू रातभर निदाउँदैनन्। ' हाम्रो भोट चाहिँदा सबै नेता मन्त्री आउने, अहिले यो दुःखमा नजीकैका नेता पनि अर्को बाटो भएर हिँड्छन् तर डुबानका चिन्तित छैनन्! '- कर्णले दुःखेसो पोखे।
दैवी विपत्ति कहिलेकाहीं आउँछ यसमा कसैले देख्ने कुरा हुँदैन तर हरेक बर्खायाममा डुबान हुने विराटनगरका बारेमा कोही चिन्तित देखिँदैनन्। प्रदेश राजधानी समेत रहेको विराटनगरको यस्तो हालत हुनुमा विकासका सबै काम आर्थिक बर्षको अन्तिममा मात्र गरिन्छ, जसमा गुणस्तरभन्दा बजेट भुक्तानीको पीर बढी हुँदा राम्रो काम नहुने कर्णको बुझाइ छ।
उता महानगरले भने सार्वजनिक सूचना नै जारी गर्दै कतै बाढी वा अन्य विपत् परेमा संपर्क गर्न एक दर्जनभन्दा बढी कर्मचारी र नेताको नंबर बाँढेको छ। तर महानगरमा खबर गर्दा भने बर्षाको कारण यस्तो भएको भन्दै टारिएको कर्णले हाम्रो विराटनगरलाई जानकारी दिए।
प्रदेश १ का सबैजसो प्रमुख भनिएका शहरमा बर्खा बाढी र हिउँदमा धुलोको समस्या छ। अनेकौं शीर्षकमा बजेट त आउँछन् तर दिगो विकास कतै नहुने गरेको छ।
https://youtu.be/kHsa0na7jks