
विराटनगर । भदाै ३०
विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले महानगरमा कोरोना संक्रमण कम हुँदै गएकाले निषेधाज्ञा हटाइएको बताएका छन् । उनका अनुसार संक्रमण प्रभावित क्षेत्रमा स्वाब संकलनका साथै आरएनए एक्स्ट्र्याक्सन मेसिन प्रयोग गरी परीक्षण बढाइएको छ ।
महानगरपालिकाले तीन ओटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको भन्दै उनले महानगरपालिकाले होटल आइसोलेसन तथा दुई निजी अस्पतालमा आइसोलेसन सञ्चालन तथा कोसी अस्पतालमा पीसीआर मेसिन जडानका लागि सहयोग गरेको पनि जानकारी दिए ।
तीन तहका सरकारबीच समन्वय अभावमा संक्रमण बढेको भन्दै हाल समन्वय भइरहेको बताएका छन् ।
सीमा नाकामा नियमन नहुँदा भारतबाट संक्रमण भित्रनसक्ने भन्दै उनले सीमा पूर्ण रुपमा बन्द गरी प्रभावकारी अनुगमनबाट आवागमन रोक्नुपर्ने बताएका छन् ।
हाल बजार खुला भएको अवस्थामा सर्वसाधारणले संक्रमणबाट बच्न सावधानी अपनाउनुपर्ने मेयर पराजुलीको सुझाव छ ।
https://youtu.be/kHsa0na7jks