
बेइजिङ । भदाै ३०
चीनले बनाइरहेको कोरोना भाइरस विरूद्धको भ्याक्सिन नोभेम्बरको सुरुबाट नै बजारमा ल्याउने दाबी गरेकाे छ । आममानिसको प्रयोगका लागि उपलब्ध हुने चाइनिज सेन्टर फर डिजिस कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टरकी बायोसेफ्टी विज्ञ गुइझेन वुले सोमबार एक टेलिभिजन अन्तर्वार्तामा बताएकी छन् ।
गुइझेन वुले अहिले चिनियाँ कम्पनीहरूले बनाएका ४ वटा भ्याक्सिनको तेस्रो चरणको परीक्षणको काम तीव्र गतिमा भइरहेको बताएकि छिन् । उनले आफूले पनि भ्याक्सिन लगाएको तर त्यसको कुनै साइड इफेक्ट नदेखिएको बताएकी छिन्।
सिनोफार्म र सिनोभ्याक बायोटेकले राज्यको आपतकालीन् प्रयोग कार्यक्रम अन्तर्गत तीन वटा भ्याक्सिन बनाइरहेका छन् भने क्यान सिनो बायोलोजिक्सले बनाएको भ्याक्सिनलाई गत जुनमा सैन्य प्रयोगका लागि स्वीकृति दिइएको थियो।
संसारभरिका भ्याक्सिन निर्माता कम्पनीहरू अहिले कोरोनाभाइरसविरूद्धको प्रभावकारी खोप बनाउने दौडमा लागिरहेको बेला सबैभन्दा अगाडि रहेका पश्चिमा मुलुकका कम्पनीहरूले खोप बनाउन सबै वैज्ञानिक प्रक्रियाहरूलाई पालना गर्ने र कुनै किसिमको राजनीतिक दबाबमा नआउने बताएका छन्।
केही समय अघि रूसले तेस्रो चरणको परीक्षण नै नगरी आफ्नो कम्पनीले बनाएको S:Putnik V भ्याक्सिनलाई स्वीकृति दिएको थियो ।
https://youtu.be/kHsa0na7jks